काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको छ । सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो ।
प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ । त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।
आइतबार जारी गरिएको सूचनामा किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन जानकारी दिइएको छ ।
2024-06-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार