दाङ : तीन वर्षदेखि घोराही बजारका अलपत्र सडक कालोपत्रे गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीका कारण घोराही उपमहानगरपालिका–१५ अन्तर्गत सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक कालोपत्रे गर्न थालिएको हो ।
नेपाल बैंकदेखि जिल्ला प्रशासन कार्यालयसम्मको करिब एक हजार २४४ मिटर सडक ६ महिनाभित्र विस्तारसँगै कालोपत्रे गर्ने गरी २०७७ माघ ८ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । सम्झौता अनुसार वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्नले नेपाल बैँकदेखि सहिदगेटसम्मको सडक कालोपत्रे गरेपनि सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक कालोपत्रे नगर्दा विगत तीन वर्षदेखि अलपत्र परेको थियो ।
सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ असार ३१ गतेसम्म काम सक्नुपर्ने भए पनि निर्माण कम्पनीले काम नगर्दा अहिलेसम्म सडक कालोपत्रे हुन सकेको थिए । लामो समयसम्म पनि सडक कालोपत्रे गर्ने काम नभएपछि नयाँ निर्माण कम्पनीमार्फत अहिले अक्सपाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्ने काम गरिएको घोराही उपमहानगरपालिकाका इन्जिनियर सन्दीप घिमिरेले जानकारी दिए ।
उनका अनुसार वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनबाट बाँकी रहेको काम हुन नसक्ने भएपछि सहमतिमा शोभाकृष्ण निर्माण सेवा प्रालीले सडक कालोपत्रे गर्ने काम सुरु गरेको छ । सडक निर्माणका लागि २०८१ पुस मसान्तसम्म मौका दिएको र उक्त समयमा पुरानो निर्माण कम्पनीबाट सडक निर्माणको काम नहुने भएपछि नयाँ निर्माण कम्पनीबाट अलपत्र परेको सडक कालोपत्रे गर्ने काम भइरहेको भन्दै इन्जिनियर घिमिरेले बताए ।
‘‘अब घोराही उपमहानगरपालिकाको गेट अगाडि लामो समयसम्म अलपत्र परेको सडक कालोपत्रे हुने भएको छ ।’’ उनले भने । एक करोड १५ लाख ३४ हजारमा सम्झौता भएकोमा हालसम्म सडक निर्माणका लागि ५३ लाख ११ हजार चार सय रुपैयाँ भुक्तानी भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार