Listen LIVE

‘मानसिक स्वास्थ्यमा असर पर्ने हुँदा सचेत रहन आग्रह’

नेपालगञ्ज : नेपालगञ्जमा मानसिक सचेतना सम्बन्धी छलफल भएको छ । ग्रामिण स्वास्थ्य शिक्षा सेवा गुठीको आयोजनामा नेपालगञ्जमा पत्रकारहरु विच सम्पन्न छलफलमा डाक्टर अरुणा उप्रेतीले खानपानले मानसिक स्वास्थ्यमा धेरै असर पार्ने भएको हुँदा सेचत हुन आग्रह गरिन् ।

उनले भनिन् ,“हामिले हाम्रा बालबालिकालाई सानै देखि घरमा उत्पादन हुने अन्न खुवाएर हुर्काउने गर्नुपर्छ जसले गर्दा भविष्यमा जटिल रोग लाग्ने हुदैन भने बालबालिकाको बृद्धि र बिकास पनि राम्रो हुँदै जाने गर्छ । 

”सास्कृतिक परम्पराले पनि मानसिक स्वास्थयलाई असर पारेको बताउँदै उनले पोषणमा बिशेष ध्यान दिन आवश्यक रहेको बताइन् । कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै डाक्टर उप्रेतीले संसारमा १३ देखि १६ प्रतिशत व्यक्तिहरु मानसिक रोगी भएको बताइन् । मानसिक रोग लागेका व्यक्तिहरुलाई अपस्तालसम्म पुर्याएर स्वस्थ बनाउन सकिने भएपनि समाजले अझैपनि अपहेलना गर्ने गरेको बताइन् । 

उनले मानसिक रोगबाट बच्नका लागि व्यक्तिगत हेराचा, खानपान र निन्द्रा प्रयाप्त हुनुपर्नेमा जोड दिइन् । प्रविधिले मानसिक स्वास्थ्यमा निकै असर पुर्याएको हुँदा घरपरिवारका व्यक्तिहरु बिच आपसि समन्वय हुनुपर्ने बताइन् । 

कार्यक्रममा बाँकेका विभिन्न सञ्चार माध्यममा क्रियाशिल २० बढी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मनोरोगीलाई आवश्यक परामर्श दिन सञ्चार माध्यमले पनि सूचना प्रवाह गरेर महत्वपुर्ण भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको थियो ।

प्रतिक्रिया