Listen LIVE

सुन प्रतितोला तीन हजार ८०० रुपैयाँले घट्यो

नेपालगञ्ज : मंगलबार सुनको भाउ तोलामा तीन हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन दुई लाख ४३ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

छ दिनमा सुनको भाउ तोलामा १० हजार ७०० रुपैयाँ घटेको महासंघले जनाएको छ । कात्तिक २७ गते दुई लाख ५० हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च दुई लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ९० रुपैयाँमा कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला तीन हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया