Listen LIVE

अवैध सामानसहित एउटा गाडी बाँके प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जबाट ठुलो परिमाणमा अवैधरुपमा भित्र्याइएको सामग्री नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जबाट ठुलो परिमाणमा सुर्तीजन्य पदार्थ, पेय पदार्थ र किरानाका सामानसहित एउटा गाडी नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज–१२ मुक्तिपुरबाट भारतबाट अवैधरुपले भन्सार छलेर ल्याइएको चिनी, दाल, पेय पदार्थ, सुर्तीजन्य पदार्थ र सामान ढुवानीमा प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको गाडीसहितको अवैध सामग्रीको मुल्य ४ लाख ७८ हजार १ सय रुपैयाँ बराबर रहेको छ । 

बरामद गरिएको गाडीसहित सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि आज नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया