हुम्ला : सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले हिमाली जिल्ला हुम्लाका लागि नियमित उडान सङ्ख्या थप गरेको छ । यात्रु तथा स्थानीयवासीको समस्यालाई सम्बोधन गर्दै एयरलाइन्सले उडान थप गरेको हो ।
थपिएको उडानसँगै अब नेपाल एयरलाइन्सले हप्तामा नेपालगञ्ज–सुर्खेत–सिमकोट रुटमा चार वटा उडान भर्ने छिरिङ लामाले बताए । यसअघि सोही रुटमा हप्तामा तीन वटा उडान हुँदै आएका थिए ।
हवाई यातायातमा समस्या भोग्दै आएका हुम्लावासीको मागलाई मध्यनजर गर्दै उडान सङ्ख्या बढाइएको उनले जानकारी दिए । नयाँ तालिका अनुसार सिमकोट–सुर्खेत र सिमकोट–नेपालगञ्ज रुटमा सोमबार, बुधबार र शुक्रबार नियमित उडान हुने छन् । यससँगै अब हप्तामा चार वटा उडान सञ्चालन हुने एयरलाइन्सले जनाएको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा १२ वर्षमुनिका बालबालिका र विद्यार्थीलाई विशेष छुट व्यवस्था गरिएको छ ।
यता हवाई भाडासमेत बढाइएको छ । नेपाल एयरलाइन्सले नियमित उडानमा प्रति यात्रु १८ हजार रुपैयाँ टिकट दर कायम गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार