Listen LIVE

त्रिविको लापरबाही : ३० को महिना भएको चैत्र मा ३१ गते परीक्षा ।


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरिएको थियो।


परीक्षा चैत्र २८ गतेदेखि संचालन गर्न थालेको थियो र तालिका पनि सार्वजनिक भएको थियो। तर, चैत्र महिनाको ३१ गते पनि परीक्षा हुने सार्वजनिक गरेको थियो, जबकि चैत्र महिनामा ३० गते मात्रै छ। परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट चैत्र  ३१ गते एमजीटी–२०९ माइक्रोइकोनोमिक्स फर बिजनेसको परीक्षा तालिका राखिएको थियो।

हाल, परीक्षा तालिका पनि परीक्षा नियन्त्रण कार्यालयले आफ्नो वेबसाइटबाट हटाइसकेको छ। पनिकाले त्रुटि भएको भन्दै, यसलाई सच्याएर अर्को तालिका प्रकाशित गर्ने गरी तालिका पुनः सार्वजनिक गर्नेछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार, यसले अब मिति सहि गरी पुनः परीक्षा तालिका सार्वजनिक गर्नेछ।



प्रतिक्रिया