दाङ : घोराहीमा ६ महिनादेखि ५ वर्ष सम्मका २६२ जना बालबालिकालाई मध्यम कुपोषण देखापरेको छ । घोराही उपमहानगरकाका सबै वडामा ११ हजार १ सय ५९ जना बालबालिकाको पोषण जाँच गर्दा २६२ जनालाई मध्य शिघ्र कुपोषण र ५ जना कडा शिघ्र कुपोण भेटिएको बेस नेपालका पोषणमार्फत जीवन रूपान्तरण परियोजनाका संयोजक सुरेश चौधरीले जानकारी दिए ।
बुधबार घोराही उपमहानगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीसँग अन्तक्र्रिया कार्यक्रममा घोराही उपमहानगरपालिका भित्रका बालबालिकाको स्वास्थ्य अबस्थाबारेमा जानकारी गराउँदै परियोजना संयोजक चौधरीले यस्तो जानकारी दिएका हुन् ।
घोराही उपमहानगरपालिकाको समन्वयमा वेस संस्था (व्याकवार्ड सोसाइटी एजुकेसन) र हेलन केलर इन्टरनेसनलको साझेदारीमा नगर भित्रका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको पोषणको अवस्था के कस्तो रहेको छ भन्ने जाँच गरिएको थियो । प्रत्येक वडाका महिला स्वास्थ्य स्वयम्सेविकाको क्षेत्रहरूमा उनीहरूको सहयोगमा बालबालिकाको स्वास्थ्य जाँच गरिएको उपमहानगरले जनाएको छ ।
नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले सम्बृद्धिको आधार नै स्वास्थ्य भएको बताए । आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटमार्फत पोषण कार्यक्रमलाई थप व्यवस्थित र सुधार गर्न यो स्वास्थ्य जाँचले सहयोग पुग्ने बताइएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार