नेपालगञ्ज : नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तीन हजार ६५ रुपैयाँ रहेको चाँदी आज तीन हजार १७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।
2025-11-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार