बैजनाथ (बाँके) : बाँकेको बैजनाथ ४ मा रहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लि.ले आर्थिक बर्ष ०८०–०८१ को तुलनामा संस्थाले सम्पन्न गरेको कारोवारवाट नाफामा उछाल ल्याएको छ । गत बर्ष खुद मुनाफा ५ हजार दुई पाँच मात्र कमाएको बैजनाथ सामाजिक उद्यमीले आर्थिक बर्ष ०८१–०८२ मा खुद मुनाफामा बृद्धि गर्दै ६ लाख ३५ हजार पाँच सय पन्चानब्बे कमाएपछि सहकारीको नाफामा उछाल आएको हो । यो नाफा गत बर्षको तुलनामा १ सय २२ प्रतिशत हो ।
सहकारीले यसै अवधिमा १ हजार पाँच सय पैंतालिस शेयर सदस्य मार्फत एक करोड १२ लाख ८ हजार वचत संकलन गर्न सफल भएको छ भने सहकारीको शेयर पुँजि ४२ लाख ३१ हजार नौ सय रहेको सहकारीका अध्यक्ष कमला बुढा बताउँछिन् । बैजनाथका ग्रामिण ईलाकाहरुमा बाख्रापालनका माध्यमबाट आफना शेयर सदस्यहरुलाई उद्यमी बनाउने संकल्पकासाथ लगानि गर्दै आएको संस्थाले यस बर्ष २४ लाख बरावरका खसि बोका खरिद बिक्रि समेत गरेको छ । हाल सहकारीको उठाउनपर्ने ऋण १ करोड ६१ लाख ६० हजार रहेको छ ।
सहकारीको गत बर्ष यसै अवधिमा उठाउन बाँकी ऋण ९७ लाख रहेको थियो भने वचत ७३ लाख एवं शेयर पुँजि २९ लाख रहेको थियो । गत बर्षलाई यस बर्ष तुलना गर्दा सहकारीका सबै सुचकहरुले उछाल ल्याएका छन प्रबन्धक प्रमोद रिजाल बताउँछन । दैनिक वचत संकलनलाई निशेध गरेको सहकारीले ग्रामिण समुदायमा ८२ वटा बाख्रापालन समुह मार्फत मासिक बैठक मार्फत आफनो कार्यक्रा सञ्चालन गर्दै आएको छ ।
हेफर नेपालको सहयोग तथा सेवा नेपाल चितवन एवं ओसिडिसि कोहलपुरसंगको सहकारीमा आफना सदस्यहरुलाई आधारशिला तालिम, बाख्रा खोर निर्माण तथा बाख्रा उपहार जस्ता लोकप्रिय कार्यक्रम सञ्चालनगरि समुदायमाझ जनप्रिय बन्न सफल सहकारीमा आबद्ध सबै शेयर सदस्यहरु महिला मात्र रहेका छन । हामीले ग्रामिण समुदायमा रहेका पछाडि पारिएका वर्ग,लिंग,दलित, जनजातिहरुलाई उद्यमी बनाउदै स्वसक्षम बनाउदै लैजाने कार्ययोजना अनुसार खसि बोका खरिद बिक्रिकालागि बजारिकरण, आबश्यक ऋण एवं पशु बिज्ञ परामर्श समेत गर्दै आएको बताउदै प्रबन्धक रिजालले कर्जा लिन डराउने र ब्यबसाय गर्न समेत हिच्किचाउने समुदायमा काम गर्दा आत्मसन्तुष्टि मिलेको वताउँछन ।
उनका अनुसार रचनात्मक उत्प्रेरणा प्रदान गर्दै संस्थाले बाख्रापालन ब्यबसायमा आफना शेयर सदस्यहरुलाई आर्कषित गर्दै लैजाने रणनिती अपनाएको छ । सहकारीले आगामी बर्षकालागि ५ सय शेयर सदस्यहरुलाई ब्यबसायीक बनाउदै २ करोड ६० लाख कर्जा आउटस्ट्याडिङ रहने र ११ लाख मुनाफा गर्नेगरि प्लानिङ बजेटिङ गरेको छ ।
शेयर सदस्य संख्या १ हजार ६ सय बिस, शेयर रकम ५५ लाख तथा बचत संकलन मौज्दात १ करोड ३२ लाख रहने गरि लक्ष्य निर्धारण गरेको सहकारीले यस अवधिमा खसि बाख्रा खरिदको लक्ष्यलाई २५ लाख पुरयाएको छ । संस्थाको आफनै पिक अप भ्यानको प्रयोग गरि किसानका खसि बोकाहरुको बिक्रि वितरणलाई सहज वनाउदै आएको सहकारीले यो चालु आर्थिक बर्षमा किसानकालागि मलखाद, बिउविजनका साथै युवा लक्षित युवा स्वरोजगार कार्यक्रम लागु गर्ने तय समेत गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार