Listen LIVE

तुराङ्ग र बिसुखर्कलाई भलिबल उपाधि

गुल्मी : चौथो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि चन्द्रकोट गाउँपालिका वढा नं. ८ तुराङ्गले जितेको छ । वडा नं. २ बिसुखर्क उपविजेता र वडा नं. ५ ग्वाघा तेस्रो भयो । 

गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा महिलातर्फ चन्द्रकोट गाउँपालिका वडा नं. २ बिसुखर्क पहिलो भयो ।

चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर दोस्रो र वडा नं.८ तुराङ्ग तेस्रो भयो । पुरुषतर्फ विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ६५, ४० र ३० हजार रुपैयाँ पुरस्कार पाए ।

यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया