Listen LIVE

सुनको मूल्य तोलामा झण्डै तीन हजारले बढ्यो

नेपालगञ्ज : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार ९ सय रुपैयाँ र चाँदी ५५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मोल एक लाख ९२ हजार ७ सय कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ४५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

प्रतिक्रिया