Listen LIVE

बाँकेमा आजदेखि फाइजर बाइभ्यालेन्ट खोप अभियान शुरु

नेपालगञ्ज : बाँकेमा कोभिड ९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन आजदेखि औपचारिक रुपमा शुरु गरिएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुर नगर अस्पतालमा खोप उपलब्ध गराइने छ। यस खोप अभियानले कोभिड९१९ को रोकथाममा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले नगरभित्रका पन्ध्र वडामा खोप कार्यक्रम राखिएको जानकारी दिए। अन्य पालिकाहरूमा पनि खोप अभियान सञ्चालन गरिनेछ। असोज ४ गतेसम्म खोप कार्यक्रम जारी रहने छ। १२ वर्ष माथिका नागरिकहरूलाई बुस्टर डोजको रुपमा यो खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके जिल्लामा फाइजर बाइभ्यालेन्ट खोपको ३० हजार डोज प्राप्त भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए। यद्यपि, लक्षित समूहको तुलनामा खोपको मात्रा कम भए पनि यसलाई प्रभावकारी ढंगले व्यवस्थापन गरेर नागरिकहरूलाई लगाइने योजना रहेको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार यो खोप कोरोना भाइरसको नयाँ भेरियन्टहरुसँग लड्न प्रभावकारी रहेको छ। बाँकेमा गत वर्ष १९ जनामा कोभिड संक्रमण देखिएको थियो भने भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामी देखापर्ने गरेका छन्।

प्रतिक्रिया