नेपालगञ्ज : जेनजी आन्दोलनपछि अवैध तथा गैर कानुनी गतिविधि रोक्न सक्रिय भएको प्रहरीले भारतबाट भन्सार राजस्व छलेर भित्र्याएको पाँच लाख रुपैयाँभन्दा बढीको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
भारतबाट हुने गरेको अवैध आयातलाई रोक्ने अभियाननै चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका पाँच लाखभन्दा बढीका सामानहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अवैधरुपमा भारतबाट ल्याइएका पाँच लाख १५ हजार ८६० रुपैयाँका लत्ताकपडा, तेल, खाद्यान्न तथा जुत्ता लगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेको सबै अवैध सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताए ।
उनका अनुसार पछिल्ला दिनहरुमा अवैध तस्करीविरुद्ध प्रहरीले निगरानी र बरामद अभियानलाई तीव्र बनाएकोले पटक पटक अवैध सामानहरु बरामद हुने गरेका छन् ।
बाँकेमा प्रहरीले अवैध तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको र यस्तो गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार