Listen LIVE

स्रोत नखुलेको २४ लाखसहित भारतीय नागरिक नेपालगञ्जबाट पक्राउ

नेपालगञ्ज : बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाँके प्रहरीका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगञ्जदेखि काठमाण्डौ जान थालेका भारत सीतापुर थाना कोतवाली उत्तर प्रदेशका ४४ वर्षीय प्रकाश नारायण गुप्तालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट रकमसहित पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा अन्य चार जना भारतीयलाई पनि पक्राउ गरेको छ । पक्रा पर्नेमा अजय मिश्रा, आशिष गुप्ता, पंकज जेसवाल र विमल गुप्ता रहेका छन् ।

प्रहरीले उनीहरुलाई हुण्डी कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया