Listen LIVE

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा कुँवर

कैलाली : नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित भएका छन् । महासंघको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामवलीअनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि स्वतः निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष -उद्योग र वाणिज्य) मा मदनराज पन्त, कोषाध्यक्षमा प्रेमबहादुर भण्डारी तथा जिल्ला र नगरतर्फका सदस्यहरूमा विष्णुराज जोशी, कृष्णबहादुर तामाङ, कृष्णकुमारी बिष्ट, खेमेश्वरप्रसाद बोहरा र मदनराज न्यौपाने समेत निर्विरोध चयन भए । 

त्यस्तै, वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने तथा एशोसिएट सदस्यमा बमबहादुर शाह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रदेशभरका उद्योगी व्यवसायीहरूको छाता संगठनको नेतृत्वमा कुँवर निर्वाचित भएसँगै सुदूरपश्चिममा निजी क्षेत्रको भूमिका अझ मजबुत हुने अपेक्षा गरिएको छ । निर्वाचन अधिकृत खगेन्द्रराज जोशीले तोकिएको समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएको बताए ।

प्रतिक्रिया