नेपालगञ्ज : बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँकेको डुडुवा गाउँपालिका–३ का नन्दराम तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके जिल्ला अदालतबाट २०८१ साल माघ २० गतेको फैसलामा ६ लाख ५० हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय पाएका तिवारी लामो समयदेखि फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
फरार रहेका तिवारीलाई नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा क्षेत्रबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिवारीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2025-12-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार