Listen LIVE

एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

काठमाण्डौ : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएलको)पुरस्कार घोषणा गरेको छ । 

मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरुको लागि पुरस्कार घोषणा गरेको हो । 

प्रथम हुने टोलीलाई एक करोड दश लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै द्वितिय पुरस्कार एकाउन्न लाख, तृतिय पुरस्कार २५ लाख चौथो पुरस्कार १५ पन्ध्र लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया