नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१८ भुजई गाउँस्थित केयर सिटी अस्पतालले निःसन्तान दम्पतिको उपचारका लागि प्रभावकारी सेवा दिने भएको छ ।
अस्पतालले इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई स्तरीय बनाउन बरदान फर्टिलिटी सेन्टर काठमाडौंका बाँझोपन तथा निसन्तान रोग विशेषज्ञमार्फत सेवा दिन लागेको अस्पतालका निर्देशक सन्तोष शाहले जानकारी दिए ।
‘केयर सिटी अस्पतालबाट निःसन्तान दम्पत्तिका लागि आईभीएफ उपचार र परामर्श सेवा भइरहकै थियो उनले भने–‘यसलाई थप स्तरीय बनाउन काठमाडौंबाट विज्ञ चिकित्सकहरु बोलाइएको छ, उहाँहरुले चेकजाँच तथा परामर्श सेवा दिनुहुनेछ ।’
यही जेष्ठ ३२ गते बाँझोपन तथा निसन्तान रोग विशेषज्ञद्धय डा.सविना सिमखडा र डा.विद्या महतो केयर सिटी आउन लागेका छन् । उनीहरुले जेठ ३२ गते शुक्रबार र असार १ गते शनिवार दुई दिन केयर सिटी अस्पतालमा बसेर सेवा दिनेछन् ।
उनीहरुले गर्भ तुहिने तथा गर्भ नबस्ने, आइभिएफ सम्वन्धी उपचार तथा सल्लाह, निसन्तान सम्वन्धी उपचार तथा परामर्श, बारम्बार आइयुआइ फेल हुने समस्या, हर्मोनका कारण बच्चा नबस्ने समस्या, प्रजनन् तथा बाँझोपन सम्वन्धी समस्या भएकाहरुको उपचार तथा परामर्श सेवा प्रदान गर्नुहुने निर्देशक शाहले बताए ।
पछिल्लो सयम दम्पतिहरुमा निसन्तानपनको समस्या बढ्दै गएको छ । महिला र पुरुष दुवैमा निसन्तानपनको समस्या हुनसक्ने भएकाले उनीहरुको निसन्तानपनको कारण पहिचान तथा उपचार जरुरी देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार