Listen LIVE

बाँकेलाई क्षयरोग मुक्त बनाउने अभियान

नेपालगञ्ज : बाँकेलाई क्षयरोग मुक्त जिल्ला घोषणा गर्ने उद्देश्य अनुरूप पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेका वडाहरूमा वडा स्तरीय समिति गठन तथा सुक्ष्म योजना निर्माण कार्यक्रम भईरहेको छ ।

“हो हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने नारासाथ सुरु भएको अभियान अन्र्तगत हालसम्म नेपालगञ्जमा उपमहानगरपालिका भित्रका सात वडामा यसका लागि समिति समेत गठन गरी सकेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक सरोज रिमालले बताए । निरिक्षक रिमालका अनुसार, जेष्ठ भित्रसम्म सबै वडाहरूमा यस प्रकारको अभियान सहित वडा स्तरीय समिति गठन तथा सुक्ष्म योजना निर्माण समेत भैरहेका बताए ।

स्वास्थ्य महासाखाका निरिक्षक रिमालले कुनै क्षयरोगलाई औषधीले समेत निको गराउन नसक्ने प्रकारको हुने भएको हुँदा वडा स्तरबाटै क्षयरोगका बारेमा जानकारी दिन सके क्षयरोगबाट स्थानियतह एवं जिल्लालाई मुक्त गर्न सकिने बताए ।

नेपालगञ्ज उपमहानगर–पालिकामा क्षयरोगका विरामीको संख्या प्रत्येक वर्षको तथ्याङकलाई आधार मानेर हेर्दा चार सय चार जना हुनु पर्नेमा आर्थिक वर्ष २०८०÷८१ मा मात्र २ सय १७ जनामा रहेका तथ्याङ्क पत्ता लगाउन सकेको हँुदा क्षयरोगका विरामी अझै हुन सक्ने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निर्मला खनाल बताउँछिन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा १२ मा समेत क्षयरोगका विरामीहरू रहेको र उनीहरूको उपचार भैरहेको स्वास्थ्यचौकी प्रमुख आरती थारु बताउँछिन् ।

अधिकांश तराईका जिल्लाहरूमा त्यसमा पनि बढि भिडभाड हुने स्थानहरूमा क्षयरोग सर्ने हँुदा यसलाई रोक्नका लागि वडा स्तरबाटै जानु पर्ने नेपालगंजमा उपमहानगरपालिका वडा नंंं.१२ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पारस रावत बताउँछन् ।

स्थानीय तहमा क्षयरोगका विरामीहरूको रहेको र उनीहरूलाई पत्ता लगाएर उपचार गर्ने विषयमा आफुहरू विश्वस्त रहेको नेपालगञ्जमा उपमहानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष तरुण कुमार वर्जाचार्य बताउँछन् । क्षयरोगका विरामी

बढ्नुमा आर्थिक विपन्नता र अशिक्षाको कारण भएको हुँदा यसलाई विषयलाई अझै प्रभावकारी रूपमा लैजानु पर्ने देखिन्छ ।

क्षयरोग मुक्त जिल्ला घोषणा अभिायानका क्रममा बिहीबार र शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा दुई दिने गोष्ठी समेत सञ्चालनमा ल्याइएको थियो जसमा स्थानीयवासीहरूको सहभागिता रहेको सिनियर अनमी मनिषा बोगटीले जानकारी गराइन् ।

प्रतिक्रिया