यदुराज मिश्र/नेपालगञ्ज : हिन्दुहरूको महान् पर्व दीपावली तथा छठ पर्व नजिकिएसँगै बाँकेसहित तराईका बजारमा माटाका भाडाको बिक्री अत्याधिक बढेको छ।
माटाका भाडा वर्तन बनाउने कुमाललाई ती सामानहरूको उत्पादन गर्न भ्याईनभ्याइको भएको छ । विशेष गरी दीपावलीमा प्रयोग हुने माटाका दियो तथा कलश निर्माणका लागि दिनरात उत्पादनमा कुमाल जाति लागेका छन् ।
दीपावलीदेखि छठ पर्वसम्मनै माटाका भाडा वर्तनको अत्याधिक माग हुने गरेको छ । विशेष गरी दीपावलीमा झिलिमिली बत्तीका कारणले दियो तथा टुक्कीको मागमा कमी आएपनि शुद्धता तथा पवित्रताको महापर्व छठमा अनिवार्यरुपमा माटाका घडा वर्तनको अत्याधिक प्रयोग हुने गरेकाले त्यसको उत्पादनका लागि दिनरात लागेको बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का हर्षित कुम्हारले बताए । यसै समयमा नै कम्तीमा आधा वर्षको घर व्यवहार चलाउनका लागि यस अवधिमा कमाई हुने गरेको उनले बताए ।
दीपावलीदेखि छठसम्म अत्याधिक माग हुने माटोको दियो, कलश, घैँटा, कुरुवा, कुरुवार, ढक्कन, पातिल, हात्तीको उत्पादनमा सो जाति लागी परेका छन् । तर उनीहरूले पछिल्लो केही वर्ष यता पित्तल तथा तामाको वर्तनको प्रयोग बढ्दै गएका कारणले आफूहरूको पेशा तथा व्यवसायनै सङ्कटमा पर्ने चिन्तमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार