नेपालगञ्ज : नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध संरचना हटाउन थालिएको छ । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ ।
अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । नगर स्तरीय तथा प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म र आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोक जाने बाटोमा दुई मिटर चौडा फुटपाथ निर्माण तथा बृक्षारोपण गर्ने योजना रहेको नगर प्रमुख विष्टले बताए । राँझा क्षेत्रमा चैत १५ गतेदेखि नै काम अघि बढिसकेको छ ।
२ करोड १५ लाखमा ठेक्का खोलेकोमा गाउँले कन्स्ट्रक्सन/पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले २ करोड ७ लाख ९९ हजार २ सय ११ रुपैयाँ ६६ पैसामा ठेक्का सम्झौता गरी फुटपाथ निर्माण थालेको नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिए । सम्झौता अवधि असार २० गतेसम्म छ । ३९० मिटर एअरपोर्ट आयल निगमदेखि दक्षिण र २२०० मिटर धम्बोझीदेखि कारकाँदोसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरिने बोहराले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार