बर्दिया : बर्दियामा यातायात कार्यालय नहुँदा यहाँका सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताएका छन् ।
जिल्लास्थित यातायात कार्यालय नहुँदा चालक अनुमति पत्र बनाउन समस्या भइरहेको भन्दै आन्दोलित अटो चालकहरू नगरपालिकाको कार्यालय पुगेपछि यातायात कार्यालय ल्याउन धेरै प्रयास गर्दासमेत माथिल्लो निकायले नसुनेको नगर प्रमुख यादवले बताएका हुन् ।
…आवश्यक सम्पूर्ण प्रक्रिया पु¥याएर अटो चालकलाई अनुमति पत्र दिन सरकारसँग आग्रह गर्दछु,Ú नगर प्रमुख यादवले भने, …चालक अनुमति पत्र बनाउन, सवारीसाधनको नवीकरण गर्न सर्वसाधारण बाँके धाउनु परिरहेको छ । बर्दियामा यातायात कार्यालय ल्याउनका लागि जग्गा र भवन उपलब्ध गराउँछौं भनेर पटक–पटक पत्र लेख्दासमेत माथिल्लो निकायले हाम्रो कुरा सुनेन । यस जिल्लामा यातायात कार्यालय भएको भए यहाँका सर्वसाधारण अन्य जिल्लामा धाउनुपर्ने स्थिति हुँदैनथ्यो र सहज तरिकाले सेवा लिन पाउँथे ।Ú
अधिकांश अटो चालकहरूसँग चालक अनुमति पत्र नहुँदा पटक–पटक ट्राफिक प्रहरीको कारबाहीमा परिरहेका थिए । चालक अनुमति पत्र बनाउन सहजीकरण गरिदिनका लागि अटो चालक नगरपालिका पुगेका थिए ।
अटो चालहरूलाई सिस्टममा आउन नगर प्रमुख यादवले आग्रह गरे । …सुरुमा अटो रिक्सा नगरपालिकामा दर्ता गर्नुपर्छ, त्यसको कुनै शुल्क लाग्दैन,Ú नगर प्रमुख यादवले भने, …तपाईंहरूको समस्यालाई मध्यनजर गरी चालक अनुमति पत्र बनाउन निःशुल्क अनलाइन फर्म भरेर र अनुमति पत्र बनाउन लाग्ने राजस्वसमेत नगरपालिकाले व्यहोरेर सहजीकरण गर्छ ।Ú
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार