Listen LIVE

आज विदेशी मुद्राहरुको विनियमदर कति ?

काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा थियो भने अस्ती अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो । त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ ।

हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७० रुपैयाँ ७८ पैसा थियो । त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९० रुपैयाँ ०९ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । हिजो दिनार १ को खरिददर ४३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ २८ पैसा थियो । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २० पैसा थियो ।

प्रतिक्रिया