काठमाण्डौ : क्रिसमस कन्सर्टले नेपालमा बलिउड पाश्र्वगायक सोनु निगमको चर्चा छ । पछिल्लो पुस्तालाई कमै थाहा छ, निगमले नेपालमा छायांकन गरिएको फिल्म ‘लभ इन नेपाल’मा अभिनय पनि गरेका थिए । उनले ‘सिमाना’ लगायत फिल्मका लागि गाएका गीत लोकप्रिय छन् ।
जुन गीतसँगै उनी बुधबार बेलुकाको काठमाडौं कन्सर्टमा गुञ्जिए । उनले अभिनय गरेको ‘लभ इन नेपाल’ फिल्ममा पूर्वमिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्य, अभिनेत्री शोभिता सिंखडा लगायतले अभिनय गरेका छन् । निगमको चर्चा काठमाडौंमा चुलिएको बेला अभिनेत्री तथा ओशोमार्गी सिंखडाले पोखरामा छायांकन हुँदाको समयको स्मरण गरेकी छन् ।
उनले पोखरामा छायांकन हुँदाको भिडियो सेयर गर्दै सोनु निगम जस्ता प्रतिभाशाली कलाकारसँग काम गर्न पाउनु, रमणीय वातावरणमा सुटिङ गर्नु र ओशोप्रतिको उहाँको प्रेम र जिज्ञासालाई नजिकबाट अनुभव गर्न पाउनु आफ्नो लागि अत्यन्तै मूल्यवान् क्षण रहेको उनले बताएकी छन् ।
सोनुलाई ओशोका बारेमा गहिरो जिज्ञासा रहेको र उनले आफूलाई ‘ओशोवाली’ भनेर बोलाउने गरेको सम्झिंदै शोभिताले आफ्ना गुरुको नामबाट चिनिंदा आफूलाई गर्व महसुस गरेको बताएकी छन् । शोभिताले फेसबुकमा सेयर गरेको भिडियोमा गुडिरहेको बसमा भएको संवादको दृश्य छ, जहाँ शोभिताले मोडलको भूमिका निर्वाह गरेकी छन् । त्यहाँ राजपाल यादव पनि देखिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार