Listen LIVE

ज्ञानोदय पुस्तकालयको अध्यक्षमा एकराज शर्मा निर्वाचित

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा एकराज शर्मा निर्वाचित भएका छन् । निर्वाचनबाट शर्मासहित आठ जना कार्यसमिति पदाधिकारी तथा सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचन संयोजक अधिवक्ता ईश्वरीप्रसाद ज्ञवालीका अनुसार एक अध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, दुई महिला सदस्य र तीन खुला सदस्य गरी आठ पदका लागि निर्वाचन भएको थियो ।

उपाध्यक्ष र सचिव भने यसअघिनै निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्मल आचार्य तथा सचिवमा रवीन्द्रप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्षमा एकराज शर्माले ३२५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सुष्मा शर्माले १३२ मत प्राप्त गरेकी छन् । त्यसैगरी कोषाध्यक्षमा राजेन्द्र विष्टले २७३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी गीता देवी शर्माले १८० मत प्राप्त गरेकी छन् ।

सहसचिवमा ईश्वरप्रसाद शर्माले ३०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी शर्मिला मल्लले १४१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

महिला सदस्यहरूमा मिनाकुमारी बिसी र लक्ष्मीकुमारी पौडेल विजयी भएका छन् । खुला सदस्यहरूमा क्रमशः वीरेन्द्रकुमार शाही, सङ्गीन शर्मा र जिलेदार थारु विजयी भएका छन् ।

कुल खसेको मतमध्ये ११ मत बदर भएको निर्वाचन अधिकृत विष्णु बेल्बासेले जानकारी दिए । उनका अनुसार नवनिर्वाचित कार्यसमितिलाई केही दिनभित्रै पदभार ग्रहण गराइनेछ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।

प्रतिक्रिया