नेपालगञ्ज : बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको सक्रियतामा नेपालगन्जस्थित एक ठूलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जन बढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढा मगरको कमाण्डमा गएको टोलीले गएराति ११ बजे नेपालगन्ज–बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढीसहित पक्राउ गरेको हो ।
मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठूलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो ।
प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका गड्डी समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सबै जुवाडेहरुलाई अनुसन्धानका लागि आज बाँके जिल्ला अदालतबाट म्या थप गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार