Listen LIVE

मानव सेवा आश्रमको भवन भोली शिलान्यास गरिँदै

नेपालगञ्ज : मानव सेवा आश्रम नेपालगञ्जको भोली भवनको शिलान्यास गरिँदै छ । सहयोगापेक्षी, असक्त, असहाय, अभिभावकविहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर, सडक आश्रित मानवहरुको आश्रयस्थल मानव सेवा आश्रम, मानवता प्रवद्र्धन महाअभियानअन्तर्गत लुम्बिनी प्रदेश बाँके शाखाको भवन भोली शिलान्यास गरिँदै छ ।  

डुडुवा–६ असमानपुरमा १० कट्ठा क्षेत्रफलमा पाँच करोडको लागतमा बन्न लागेको अत्याधुनिक दुई तले भवनमा एक सय जना अटन सक्ने छन् । भोली विहान ९ वजे लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कमार अग्रवालले भवनको शिलान्यास गर्ने छन् । शिलान्यासको सम्पुर्ण तयारी पुरा भइसकेको शाखा प्रमुख उर्विन सापकोटाले जानकारी दिए । शिलान्यास कार्यक्रममा उपस्थितिका लागि दाता, समाजसेवी, शुभेच्छुक सबैलाई आमन्त्रण गरिएको उनले बताए । मानवता प्रवद्र्धन महाअभियानअन्तर्गत २०८२ मा देशभरबाट मानवमुक्त सडक घोषणा गरिनेछ ।

प्रतिक्रिया