Listen LIVE

सुनको मूल्य ४ हजार ८ सयले घट्यो

नेपालगञ्ज : सुनको मूल्य तोलामा चार हजार ८ सय रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ५३ हजार २ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया