बर्दिया : गर्मीयाम सुरु भएयता ठाकुरबाबा नगरपालिकामा स्क्रब टाइफसका बिरामी बढेका छन् । नगर अस्पतालमा उपचारका लागि आउनेमध्ये दैनिक ३ देखि ४ जना बिरामी स्क्रब टाइफसका हुने चिकित्सकहरूले बताएका छन् ।
स्क्रब टाइफसका बिरामी किसोरदेखि ६०–६५ वर्षसम्मका रहेको नगर अस्पतालले जनाएको छ । बैशाखयता करिब २ सय जनाले स्क्रब टाइफसको उपचार गराई सकेको अस्पतालका डा. ओम चुनराले बताए । 'यो रोग लागे ज्वरो निरन्तर आउने, जिउ दुःख्ने, हल्का खोकी लाग्ने र वाक्वाक् लाग्ने गर्छ,' उनले भने मुसामा लागेको किर्नाले टोक्दा यो रोग लाग्ने गरेको छ । यस रोगका केही बिरामी अस्पतालमा भर्ना भएको चिकित्सक बताउँछन् । १५ शैय्याको नगर अस्पतालमा दैनिक करिब १५० जना बिरामी उपचार गर्न आउने गरेका छन् ।
विशेषगरी वर्षायाममा यो रोग फैलिने गरेको छ । गत बैशाख महिनामा सञ्चालनमा आएको यस अस्पतालमा २ जना मेडिकल अधिकृत, स्टाप नर्सलगायत स्वास्थ्यकर्मी कार्यरत छन् । बिरामीका लागि घरबाट अस्पताल पु¥याउन र लैजान एउटा अटो रिक्सा निःशुल्क व्यवस्था गरिएको नगर अस्वतालका अध्यक्ष भावुक योगीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार