नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जको विभिन्न सडकमा बसेर सडकबाट यात्रु तानातान गर्ने १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जको विभिन्न सडकमा बसेर यात्रुहरुलाई जबर्जस्ती तानातान गरेर हैरानी दिने १८ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगञ्जको बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्क लगायत स्थानहरुबाट यात्रुलाई तानातान गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका–६ का सुरज शर्मा, गेरुवा–३ का दिनेश ऐडी, बाँके खजुरा–३ का अब्जल खान, कृष्ण विक, राजेश भट्टराई र साजन गुरुङ, ४ का विश्वास थापा, ६ का फरमान खान, ७ का राजेश भट्टराई, नेपालगञ्ज–२ का सुमित अलि र ४ का तिरथ यादव, कैलाली गोदावरी २ का वीरेन्द्र चन्द, लम्कीचुहा–१ का मोहन खाण, बाँके जानकी–४ का नारायण ददेल, कोहलपुर–३ का विकाससिंह ठकुरी, दाङ दङ्गीशरण–३ का रमेश परियार, सुर्खेत मेहलकुना–७ का अवौज भाट र कञ्चनपुर–७ का हर्के थापा रहेका छन् ।
लामो समयदेखि नेपालगञ्जको धम्बोझी चोक, पुष्पलाल चोक, वाटरपार्क क्षेत्र, वसपार्क क्षेत्र लगायत स्थानबाट सडकमार्ग भएर पैदल, रिक्सामा यात्रा गर्ने यात्रुहरुलाई जबरजस्ती तान्ने, दुःख दिने र हैरानी गराउने गर्दै आएको प्रहरीले जनाएको छ । ती स्थानहरुबाट लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रुहरुलाई चढाउनका लागि सडकमै रिक्साको पछाडि झुण्डिने, सडक यात्रुलाई जबरर्जस्ती तान्ने लगायतका गलत काम हुँदै आएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार