नेपालगञ्ज : गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु. ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु. पाँचले घटेको छ ।
गत शुक्रबार तोलाको रु. दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु. दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु. तीन हजार ५५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
2025-11-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार