Listen LIVE

सुनचाँदी व्यवसायीद्वारा नेपालगञ्जमा मोटरसाइकल र्याली

नेपालगञ्ज : नेपाल सरकारले आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत सुन तथा बहुमूल्य आभूषणमा लगाएको मूल्य अभिवृद्धि कर र विलासिता शुल्कको विरोधमा नेपालगञ्जका सुनचाँदी व्यवसायीहरूले आज मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । 

ठुलो सङ्ख्यामा व्यवसायीहरु नाराबाजीसहित नेपालगञ्ज नगर परिक्रमा गरेका हुन् । 

नेपालगञ्ज सुन चाँदी व्यवसायी संघ, बाँकेका महासचिव सुखनारायण सोनारका अनुसार, आन्दोलित व्यवसायीहरूले यसअघि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । सरकारको कदमले सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्ने भन्दै सोको विरोधमा बृहत मोटरसाइकल र्याली आयोजना गरिएको हो ।

संघका अध्यक्ष सलाउद्दीन जसगढले र्यालीको मुख्य उद्देश्य सरकारको यस निर्णयको विरोध गर्नु र सुनचाँदी व्यवसायमा पर्न सक्ने असरबारे ध्यानाकर्षण गराउनु रहेको बताएका छन् । 

यसअघि पनि देशभरका सुनचाँदी व्यवसायीहरूले नयाँ करको विरोधमा प्रदर्शन तथा पसल बन्द गर्दै आएका छन् ।

प्रतिक्रिया