Listen LIVE

शम्सेरगञ्जमा कालोपत्रे सडकको शिलान्यास

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ शम्सेरगञ्जमा निर्माण गर्न लागिएको कालोपत्रे सडकको शिलान्यास गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ को सिमानादेखि ५ सय मिटर लम्बाई र ८ मिटर चौडाईमा नालासहितको सडक निर्माण गर्न लागिएको हो ।  

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शुक्रबार एक कार्यक्रमका बीच उक्त सडक शिलान्यास गरे । चालु आर्थिक वर्ष भित्रमा कालोपत्रे सडक सम्पन्न हुने अध्यक्ष गरिएको पौडेलले बताए ।

कुल ६७ लाख ६८ हजार १ सय ३१ रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न हुने गाउँपालिकाको योजना शाखाले जानकारी दिएको छ । उक्त सडक निर्माण गर्न ’अनमोल–मेनुका जे.भी’ले सम्झौता गरेको बताइएको छ ।

प्रतिक्रिया