नेपालगञ्ज : नेपालगञ्जमा विश्व मधुमेह दिवसको अवसरमा बिहीबार होटल सिद्धार्थ नेपालगञ्जले ‘रन फर बेटर हेल्थ’ स्लोगनका साथ रोड रेस सम्पन्न गरेको छ । रोड रेस सिद्धार्थ कटेज धम्बोझीबाट सुरु भई होटल सिद्धार्थ कारकाँदोमा पुगेर समापन गरिएको थियो ।
रोड रेसमा महिलातर्फ श्रेया सुनार प्रथम, संगीता नेपाल दोस्रो र आरती चौधरी तेस्रो भए । यस्तै रेसमा पुरुषतर्फ सत्यनारायण धोवी प्रथम भएका छन् । यस्तै कैलाश थापामगर दोस्रो र अमित रावल तेस्रो भए । महिला र पुरुषा विजेतालाई नगद र मेडलले पुरस्कृत गरियो ।
2024-11-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार