बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् ।
नहरमा पानी ल्याउनका लागि बाँध बाध्न गएका राजापुर नगरपालिका वडा नं. ४ शान्तीपुरका १६ वर्षीय नारायण चौधरी पानीमा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चौधरीको खोजविन कार्य जारी रहेको छ । बाँध बाध्ने क्रममा चौधरी डुबेर बेपत्ता भएको खुलेको हो ।
बेपत्ताको खोजीको लागि स्थानीयवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाएतको उद्धारको टोली परिचालन भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक भुपेन्द्र बुढाथोकीले बताए ।
कर्णाली नदीमा बर्षेनी अस्थायी बाँध बाध्नका लागि किसानहरू जोखिमपुर्ण रुपमा जाने गर्दछन् । अस्थायी बाँध बाध्ने क्रममा वर्षेनी घटना हुँदै गएकोले सिंचाइ व्यवस्थापन आयोजनाले नै अस्थायी बाँध बाधेर नहरमा पानी पुर्याउनु पर्ने गेरुवागाउँपालिका जनकनगरका तिलकराज थारूले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार