Listen LIVE

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा ८० प्रतिशत बजेट खर्च

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ८० दश्मलव ७९ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्ममा विनियोजित बजेटको ८० दश्मलव ७९ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरेको हो ।

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले उपमहानगरको बार्षिक बजेट एक अर्ब ७६ करोड ७९ लाख २६ हजार तीन सय ४३ रुपैयाँ रहेकोमा एक अर्ब ४२ करोड ८३ लाख २० हजार पाँच सय १७ रुपैयाँ खर्च गरी ८० दश्मलव ७९ प्रतिशत खर्च भएको बताए । उनले ३३ करोड ९६ लाख पाँच हजार ८२६ रुपैयाँ मौज्दात रहेको जानकारी दिए ।  

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शर्माद्वारा हस्ताक्षरित विरणमा दिइएको जानकारी अनुसार चालु तर्फ एक अर्ब १८ करोड १२ लाख आठ हजार सात सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएकोमा एक अर्ब तीन करोड एक लाख ६४ हजार ७७ रुपैयाँ गरी ८७ दश्मलव २९ प्रतिशत बजेट खर्च भएको छ ।

यस्तै, पुँजीगत तर्फ ५४ करोड ७७ लाख ९७ हजार पाँच सय ६७ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३५ करोड ९३ लाख ३५ हजार एक सय ८२ रुपैयाँ गरी ६५ दश्मलव ५९ प्रतिशत बजेट खर्च भएको उपमहानगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।  

नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को विनियोजित बजेटको खर्च गर्ने कार्य सम्पन्न भइसकेकाले खर्च विवरण सार्वजनिक गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले उपमहानगरको प्रस्तावित वार्षिक आय एक अर्ब ७६ करोड ७९ लाख २६ हजार तीन सय ४३ रुपैयाँ हुने आशा गरिएकोमा एक अर्ब ७२ करोड ६० लाख २० हजार छ सय ४३ रुपैयाँ वास्तविक आय भएको बताए ।

उनले आर्थिक वर्षमा एक करोड रुपैयाँको जनसहभागिता हुने अनुमान गरिएकोमा कुल २५ लाख ६६ हजार सात सय पाँच रुपैयाँ अर्थात् २५ दश्मलव ६७ प्रतिशत मात्र जनसहभागिता भएको बताए । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले ल्याएको नीति कार्यक्रम अनुसार लक्ष्य प्राप्त हुने गरी काम सम्पन्न भएको मेयर विष्टले बताए ।

प्रतिक्रिया