नेपालगञ्ज : सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल एक लाख ९० हजार कायम भएको छ । सोमबार सोही परिमाणको पहेँलो धातु एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी दुई हजार १५० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी दुई हजार १६५ मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
2025-06-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार