नेपालगञ्ज : भेरी अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढ्दै गएपछि अस्पतालमा चाप बढेको छ । बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् ।
डाक्टर निराजन सुबेदीका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने र झाडापखालाका लक्षण भएका बिरामी दैनिक १५०–२०० सम्म अस्पतालमा उपचारका लागि आउने गरेका छन् । बिरामीको बढ्दो चापका कारण इमरजेन्सीमा स्वास्थ्यकर्मीको अभाव देखिएको छ ।
नरैनापुरकी शिला बर्माले आफ्नो १० वर्षिया छोरीलाई उपचारका लागि अस्पताल लगेकी थिइन्, तर स्वास्थ्यकर्मीले तत्काल जाँच नगरेको गुनासो गरिन् ।
भेरी अस्पताल पश्चिम नेपालको रिफरल सेन्टर भए पनि सामान्य अवस्थामा बिरामीको सहज उपचारमा समस्या देखिनु चिन्ताको विषय बनेको छ । लाइफलाइन अस्पतालका डा. पारस श्रेष्ठ र कान्ति अरोग्य अस्पतालकी डा. रोमा बोहराले पनि भाइरल संक्रमण बढेको र उच्च ज्वरो, रुघाखोकी, मांसपेशी तथा जोर्नी दुख्ने लक्षण देखापरेको जनाउँदै सचेत रहन आग्रह गरे ।
अस्पतालले उपचार सहज बनाउन आकस्मिकमा जनशक्ति थपेर काम सुरु गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार