Listen LIVE

बाघको आक्रमणमा परी मृत्यु भएका परिवारलाई राहत प्रदान

नेपालगञ्ज : पाटेबाघको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई बैजनाथ गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।

बाघको आक्रमणबाट बैजनाथ गाउँपालिका वडा नम्बर ८ निवासी मनिषा रोकायको केही महिनाअघि मृत्यु भएको थियो । मृतक मनीषाका छोरा अवि रोकायको उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।

राहतस्वरूप उनलाई ३० हजार रुपैयाँ उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले नगद हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष शाहीले उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यले राहत रकम प्रदान गरिएको बताए ।

प्रतिक्रिया