नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा निःशुल्क प्राथमिक कान शिविर सुरु भएको छ । जानकी गाउँपालिकाको आयोजना तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्राको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो ।
जानकी गाउँपालिका–१ साइगाउँ स्वास्थ्य चौकीमा भएको शिविरमा ७१ जनाको कानको निःशुल्क चेकजाँच गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए । उनले १७ जनामा कान पाक्ने समस्या देखिएको बताए ।
सबै वडालाई लक्षित गरेर सुरु गरिएको शिविर ६ गते वडा नंं.२ स्थित बेलभार स्वास्थ्य चौकी, ७ गते वडा नं.३ स्थित इन्द्रपुर स्वास्थ्य चौकी, ८ गते वडा नं.४ स्थित खजुराखुर्द स्वास्थ्य चौकी, ९ गते वडा नं.५ स्थित १० गते बेलहरी स्वास्थ्य चौकी र ११ गते वडा नं.६ स्थित गनापुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार