Listen LIVE

मेडिकल कलेज कोहलपुरद्वारा वडा कार्यालयलाई सहयोग

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विशेष समारोहबीच कोहलपुर नगरपालिका–११ को वडा कार्यालयलाई कम्प्युटर, प्रिन्टरलगायत करिब १ लाख रुपैयाँ बराबरका कार्यालय सामग्री हस्तान्तरण गरेको छ।

वडा कार्यालय जेन्जी आन्दोलनका क्रममा आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको थियो र केही समयदेखि सामान्य सेवा सञ्चालन गर्दै आएको थियो। यस सहयोगले कार्यालय सञ्चालनमा ठूलो राहत पुगेको वडाध्यक्ष कल्पना शर्मा अधिकारीले बताइन्।

उनले भनिन, “हामी अहिले पनि घाइते अवस्थामै छौं, तर सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रयास जारी छ। सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद।”

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सिइओ सन्तोष कुमार बी.एन., उप–निर्देशक श्याम कुमार शर्मा र प्रशासन सम्पर्क अधिकृत रामकृष्ण हमालले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका थिए।

सहयोगपछि वडा–११ को कार्यालयले पुनः सहजरूपमा सेवा प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया