नेपालगञ्ज : ग्लोबल आइएमइ बैंक बाँके शाखाले १८औ बार्षिक उत्सवका अवसरमा आज बृहद् रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।
१८औ बर्षसम्म विभिन्न चरण पार गर्दै बित्तीय क्षेत्रमा भरपर्दो र जनाबिश्वास कायम गरेको ग्लोबल आइएम इ–बैंकले आफ्नो स्थापना दिवसमा सधै पुण्य र फलदायी काम गरेको बैंकका म्यानेजर निर्मलराज बुढाथोकीले बताए ।
चिसो मौसममा अस्पतालहरुमा रगतको अभाव हुने गरेको र रगतको माग निकै बढेकोले रक्तदान कार्यक्रम आयोजना गरिएको बुढाथोकीले जानकारी दिए ।
2025-01-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार