नेपालगञ्ज : मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार महिनाको १५ गते धान दिवस अथवा असार १५ मनाउन चर्चित कलाकार ज्योति मगर, कलाकार चक्र बम र ड्राइ स्कन्क ब्याण्ड रोपाइँ जात्रा मनाउन नेपालगञ्ज आउँदैछन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९ भैयांपुुर राँझामा रोपाइँ फेस्टिभल सिजन ४ मा चर्चित कलाकार आउने भएका हुन् ।
टिम डि–एड्जको आयोजनामा हुन लागेको रोपाइँ फेस्टिभल सिजन ४ को तयारी भइरहेको टिम डि–एड्जका अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले जानकारी दिएका छन् ।
असार भरी रोपाइँको चटारोले थकित भएका किसानलाई एक दिन धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वासले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको पाइन्छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले अधिकांश धान उत्पादन हुने जग्गाहरु घडेरीका रुपमा पलाटिङ भएका छन् । त्यसैमा युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकाशे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको टिम डि–एड्जका अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार