नेपालगञ्ज : शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु. तीन हजार ६०५ निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ५५५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
2025-12-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार