बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिका–४ स्थित स्थित डाइनामिक इंगलिस मिडियम स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ७ सय बिरामीले सेवा लिएका छन् ।
नेपालगञ्ज भुजईगाउँस्थित केयर सिटी हस्पिटलको आयोजनामा भएको शिविरमा सात सय बढी बिरामीको निःशुल्क चेकजाँच र करिब १५० बढी बिरामीलाई भिडियो एक्सरे सेवा प्रदान गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले स्कुलसँगको सहकार्यमा उक्त शिविरको आयोजना गरेको थियो ।
शिविरमा खासगरी बालरोग विशेषज्ञ सेवा र स्त्रीरोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो । अस्पतालका बालरोग विशेषज्ञ डा.विष्णु कुमार थापा र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.राजन महतले बिरामीलाई उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए । बच्चाहरुमा खासगरी टाउँको दुख्ने समस्या, आँखाको पावरको समस्या, पेट दुखाई र ८० प्रतिशत बढीमा कब्जियतको समस्या देखिएको बालरोग विशेषज्ञ डा.थापाले जानकारी दिए ।
स्कुलमा अध्ययनरत विद्यार्थी र उनीहरूका अभिभावकहरु शिविरबाट लाभान्वित भए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार