Listen LIVE

बैकुण्ठधाम निर्माणका लागि महोत्सव सुरुहुनु पूर्व नै ४९ लाख सङ्कलन

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका –५ मा सिधनियाघाट बैकुण्ठधाम निर्माणका लागि सहयोग जुट्ने अभियानले निरन्तरता पाएको छ । बैकुण्ठधाम निर्माणका लागि आगामी २२ गतेबाट नेपालगन्जमा धार्मिक महोत्सवको आयोजना गरिने भएपनि महोत्सव सुरुहुनु पूर्व नै ४८ लाख ८४ हजार रकम सङ्कलन भइसकेको छ ।

सोमबार मात्र बैकुण्ठधाम निर्माणका लागि कोहलपुरबाट रम्भा शर्माले १० लाख ११ हजार हस्तान्तरण गरिन् । उनले बैकुण्ठधाम सिधनियाघाट निर्माणमा टेवा पुगोस् भन्ने उद्देश्यले महोत्सव पूर्व चेक पठाएको महोत्सव मुल आयोजक समितिका आर्थिक उपसमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । 

सोमबार नै नेपालगञ्जकी सुशिला शर्माले पनि महोत्सवको सचिवालय पुगेर बैकुण्ठधाम निर्माणका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

धार्मिक महोत्सव सुरुहुनु पूर्व नै धमाधम दाताहरुले दान दिन थालेको मुल समितिका सचिव भोला महतले जानकारी दिए । बैकुण्ठधामका लागि मुल समितिका संयोजक डा सुरेश कनोडियाले १० लाख १ सय १ रुपैयाँ दान गरेका छन् भने कमल कार्कीबाट १ लाख ५१ हजार १५१, राजमन मित्रबाट १ लाख ११ हजार १११, विमल डाँगीबाट १ लाख, संजीव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ दान प्राप्त भएको मुल समितिले जनाएको छ ।

महोत्सवको घोषणा भए लगत्तै डा. बद्री चापागाईँले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेर आर्थिक सङ्कलनको आरम्भ गरेका थिए ।

दान गरेका दाताहरूलाई पूर्व निर्धारित कार्यक्रम अनुसार धार्मिक महोत्सवमा सम्मान र अभिनन्दन गरिने मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए । यही कार्तिक २२ गतेबाट ३० गते सम्म बाचन शिरोमणिको उपाधि पाएका दीनबन्धु पोखरेलबाट सङ्गीतमय भागवत बाचनसहित धार्मिक महोत्सवको आयोजना हुने महासचिव सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया