नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ अन्तर्गत रानीतलाउ क्षेत्रमा वृहद् सामुदायिक सरसफाई अभियान सम्पन्न गरिएको छ । द कोकाकोला फाण्डेसनको सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित 'ग्रीन नेपालगन्ज : सामुदायिक फोहोर रुपान्तरण परियोजना'अन्तर्गत उक्त अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ मा रहेको महेन्द्र माध्यामिक बिद्यालय नजिकको सडक तथा आसपासका सार्वजनिक क्षेत्रको सरसफाई गरिएको थियो । स्थानीय समुदायलाई स्वच्छ, सफा र स्वस्थ वातावरण निर्माणमा सहभागी गराउने उद्देश्यले आयोजना गरिएको अभियानमा समुदायका विभिन्न तहका व्यक्तिहरूको सक्रिय सहभागिता देखिएको थियो ।
कार्यक्रमका क्रममा बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले समुदायबाट दैनिक रूपमा निस्कने फोहोरलाई सही तरिकाले वर्गीकरण गरी पुनः प्रयोग गर्न सकिने वस्तुहरूलाई पुनः प्रयोगमा ल्याउने र प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको जानकारी दिए ।
उनले æगाउँ, टोल र सहरलाई सफा राख्नु स्थानीय सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व होÆ भन्दै सामुदायिक सहभागितामूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सरसफाई अभियानमा बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवक गरी करिब २० जनाको सहभागिता रहेको थियो । अभियानका क्रममा सडक, विद्यालय आसपास तथा सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका झोला, पोलेथिन, सिसा तथा काँचका टुक्रा, बोतल, मिसावटयुक्त फोहोर, विभिन्न प्रकारका कागजका टुक्रा तथा झारपात संकलन गरिएको थियो । संकलित फोहोरलाई जैविक, अजैविक र पुनः प्रयोगयोग्य गरी वर्गीकरण गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार …ग्रीन नेपालगन्ज ः सामुदायिक फोहोर रुपान्तरण परियोजनाÚ ले नेपालगञ्जका विभिन्न वडाहरूमा फोहोर व्यवस्थापन, पुनः प्रयोग तथा समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अभियानले स्थानीय बासिन्दामा सरसफाईप्रति जिम्मेवारीबोध बढाउनुका साथै वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार