नेपालगञ्ज : विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु. ५०० ले बढेको छ भने र चाँदी रु. १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल रु. दुई हजार १६० निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन रु. एक लाख ९४ हजार ७०० र चाँदी रु. दुई हजार १५० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
2025-06-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार