नेपालगञ्ज : नेपालगञ्ज–सिमकोटको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगञ्जको हवाई भाडा वृद्धि भएको हो ।
सिमकोटबाट नेपालगञ्जको हवाई भाडा वृद्धि भएर एघार हजार ८१४ रुपैयाँ पुगेको नेपाल एइरलाईन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले बताए । यसअघि सो एयरलाईन्सले सिमकोटबाट नेपालगञ्जको हवाई भाडा नौ हजार रुपैयाँ प्रतियात्रु लिने गथ्र्यो । यसबाट हाल भाडा तेईस दशमलव बयासी प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरि तारा एयरले पनि एघार हजार पाँच सय रुपैयाँ भाडा लिने गर्छ । यता सीता एयरले हजार चार सय रुपैयाँ प्रतियात्रु भाडा लिने गरेको सो एयरका सिमकोट स्टेशनका सहायक प्रमुख सुर्य लामाले बताए ।
यता नेपाल समिट एयरले प्रतियात्रु एघार हजार पाँच सय रुपैयाँ लिदै आएको छ । नीजि एयरलाईन्सहरुले नेपालगञ्ज सिमकोटको उडान भर्दा चार्टर उडान भर्ने गरेको भएपनि सिमकोट नेपालगञ्जको सेडुअल उडाननै भर्ने गर्थे ।
यता हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध भएको छ । सेडुअल उडान गर्ने जहाजहरु नेपालगञ्ज नभएका कारण उडान हुन नसकेको हो । उडान भएपछि दुवैतर्फका यात्रुहरु मर्कामा परेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार